Jeremiah 30:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने त्‍यो समय आउँदै छ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई कैदबाट फकाई ल्‍याउनेछु। मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्‍याउनेछु र फेरि तिनीहरूले त्‍यस देशमा अधिकार गर्नेछन्। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्‍तो दिन आउँदैछ, जब म मेरा प्रजा इस्राएल र यहूदालाई निर्वासनबाट फर्काएर ल्‍याउनेछु, र देश अधिकार गर्न मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको त्‍यस देश म फेरि तिनीहरूलाई दिनेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, दिनहरू आउँदैछन्,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म मेरो प्रजा इस्राएल र यहूदालाई कैदबाट फर्काएर ल्याउनेछु, तब मैले तिनीहरूका पितापुर्खाहरूलाई अधिकारमा दिएको देशमा तिनीहरूलाई पुनर्स्थापित गर्नेछु,’ याहवेह भन्‍नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”