Jeremiah 30:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्ख र सोच! कुनै पुरुषले बच्चा जन्माउन सक्छ र? तब किन हरेक पुरुषले व्यथा लागेकी स्त्रीले झैँ आफ्ना पेटमा हात राखेको म देख्दछु? किन हरेकको अनुहार पहेंलो भएको छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोध र हेर: के पुरुषले छोराछोरी जन्माउन सक्छ र? किन त हरेक बलियो मानिस प्रसववेदनामा परेझैँ आफ्नो हातले पेट समातेको म देख्तछु? किन हरेकको अनुहार मरेको जस्तै पहेँलो भएको छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले सोध र हेर: के कुनै पुरुषले छोराछोरी जन्माउन सक्छ? त्यसो भए किन म हरेक बलियो पुरुषले सुत्केरी व्यथामा परेकी स्त्रीले जस्तै आफ्नो हात आफ्नो पेटमाथि राखेको, र हरेक अनुहार मरेको जस्तै पहेँलो भएको देख्छु?
Nepali ERV (पवित्र बाइबल)
यो प्रश्न सोध, र यसलाई हेर के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक म बसिरहेको लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झैं देख्छु। किन हरेक मानिसको अनुहार पहेलो भएको छ?