Jeremiah 30:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “जब त्‍यो दिन आउनेछ, तब म त्‍यो जुवा तिनीहरूका काँधबाट भाँचिदिनेछु र तिनीहरूका साङ्ला हटाइदिनेछु। तिनीहरू कहिल्‍यै फेरि विदेशीहरूका कमारा हुनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, ‘त्‍यस दिन म त्‍यो जुवा तिनीहरूको काँधबाट भाँचिदिनेछु, र म तिनीहरूको बन्‍धन फुकाइदिनेछु। विदेशीहरूले कहिल्‍यै तिनीहरूलाई दास बनाउनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूका काँधबाट जुवा भाँचिदिनेछु; अनि तिनीहरूका बन्धन फुकाइदिनेछु; अब फेरि तिनीहरूलाई विदेशीहरूले कमारा बनाउने छैनन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यस बेला,” सेनाहरूका परमप्रभुबाट आएको यो सन्देश हो “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। विदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।