Jeremiah 31:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे जातिहरू हो, मेरा कुरा सुन र टाढा-टाढा समुद्रका किनारसम्म मेरो वचन जोडले प्रचार गर। मैले मेरा प्रजालाई छरपष्ट पारें तर म तिनीहरूलाई जम्मा गर्नेछु र गोठालाहरूले आफ्ना बगालको रक्षा गरेझैँ तिनीहरूको रक्षा गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे जाति-जाति हो, परमप्रभुको वचन सुन। टाढ़ा-टाढ़ा समुद्र-किनारका देशहरूमा घोषणा गर: ‘इस्राएललाई तितरबितर पार्नेले तिनीहरूलाई भेला गर्नुहुनेछ, र गोठालाले आफ्नो बगाललाई रक्षा गरेझैँ उहाँले तिनीहरूलाई रक्षा गर्नुहुनेछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे राष्ट्रहरू हो, याहवेहको वचन सुन; वचनलाई टाढा-टाढाका टापुसम्म घोषणा गर: ‘इस्राएललाई छरपस्ट पार्नुहुनेले तिनीहरूलाई भेला गर्नुहुनेछ, र उहाँले आफ्नो बगाललाई गोठालोले झैँ हेरचाह गर्नुहुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
हे जातिहरू हो, परमप्रभुबाट आएको वचनलाई ध्यान लगाएर सुन यो सन्देश समुद्र उता सुदूर भूमिहरूमा फिजाऊ, ‘परमप्रभुले इस्राएलका मानिसहरूलाई जताततै तितर-बितर पार्नु भएकोछ तर उहाँले उनीहरूलाई फेरि भेला गरेर ल्याउनु हुनेछ र भेडा गोठालाले आफ्नो भेडा बथानहरू सुरक्षा गरे झैं सुरक्षी गर्नुहुनेछ।’