Jeremiah 31:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तरुणीहरू हर्षले नाच्नेछन् र युवा र बुढापाकाहरू रमाउनेछन्। म तिनीहरूलाई सान्त्वना दिनेछु र तिनीहरूका बिलौना आनन्दमा र शोक हर्षमा फेरिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तरुणीहरू आनन्दले नाच्नेछन्, र जवान र बूढ़ाहरू हर्षित हुनेछन्। म तिनीहरूको शोकलाई हर्षमा परिवर्तन गरिदिनेछु। म तिनीहरूलाई सान्त्वना दिनेछु र तिनीहरूका अफसोसको सट्टामा रमाहट दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तरुणीहरू, जवानहरू, वृद्धहरू नाच्नेछन् र आनन्दित हुनेछन्। म तिनीहरूको शोकलाई आनन्दमा परिणत गरिदिनेछु; म तिनीहरूको शोकलाई सान्त्वना र आनन्दमा परिणत गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलका तरूणीहरू आनन्दले मग्न हुँदै नाच्नेछन्। अनि जवान र बूढा मानिसहरू त्यो नाचगानमा सम्मिलित हुने छन्। म तिनीहरूका उदासीपनलाई र्हष र अनन्दामा परिवर्त्तन गरिदिन्छु। म इस्राएलका मानिसहरूलाई शोकको सट्टामा आनन्द र सान्त्वना दिनेछु।