Jeremiah 31:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “रामामा एउटा सोर सुनियो, बिलौनाको सोर। राहेल आफ्‍ना बालकहरूका निम्‍ति रुँदै छे, त्‍यो शान्‍त हुन मान्‍दिन किनभने ती बालकहरू कोही पनि रहेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ: “रामामा एउटा शब्‍द सुनियो, विलाप र चर्को रोदन, राहेल आफ्‍ना बालकहरूका लागि रोइरहेकी, सान्‍त्‍वना त्‍यसले इन्‍कार गरी, किनकि त्‍यसका बालकहरू अब रहेनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: “रामामा एउटा सोर सुनियो, शोक र घोर विलापको सोर; राहेल आफ्ना बालबच्‍चाको निम्ति रोइरहेकी, र तिनले सान्त्वनालाई इन्कार गरेकी छिन्; किनकि तिनीहरू अब रहेनन्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ “रामामा एउटा चर्को रूवाई शोकको आवाज सुनियो। राहेल आफ्ना नानीहरूका लागि रूनेछिन राहेललाई सान्त्वना दिनु सकिदैन किनभने उनका नानीहरू मरेका छन्।”