Jeremiah 31:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नरोओ, आँखामा आँसु पुछ। तिमीहरूले आफ्ना सन्तानहरूका निम्ति जति काम गर्यौ, त्यसको फल पाउनेछौ, तिनीहरू शत्रुको देशबाट फर्की आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ, “रोदनको सोर रोक्, आँखाबाट आँसु नखसाल्, किनकि तिमीहरूको कामको इनाम पाइनेछ,” परमप्रभु भन्नुहुन्छ, “तिनीहरू शत्रुको देशदेखि फर्केर आउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: “तेरो रोदनको सोरलाई र तेरो आँखाको आँसुलाई रोक्; किनकि तेरो कामको इनाम पाउनेछेस्,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरू शत्रुको देशबाट फर्कनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु भन्नुहुन्छ “रून बन्द गर र आफ्ना आँखाहरू आँसुले नभर। किनभने तिम्रो काम फलवन्त हुनेछ। तिनीहरू आफ्ना शत्रुको देशबाट फर्किनेछन्।