Jeremiah 31:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो दिन आउँदै छ, जब म इस्राएल र यहूदा देशलाई मानिसहरू र पशुहरूले भरिभराउ गराउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्‍नुहुन्‍छ, “दिन आउँदैछन्, जब म मानिस र पशुका बच्‍चाहरूले इस्राएलका घराना र यहूदाका घरानालाई रोप्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँछन्, जब म इस्राएल र यहूदाका मानिसहरूलाई तिनीहरूका सन्तान र पशुहरूका बच्‍चाहरूसमेत वृद्धि गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“हो दिनहरू आईरहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भनेर मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु।