Jeremiah 31:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले दिउँसो उज्यालो दिन घाम र राती चम्कन जून र ताराहरू राख्नुभएको छ। उहाँले समुद्रलाई चलाउनुहुन्छ र त्यसका छालहरू गर्जन लाउनुहुन्छ। उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्नुहुन्छ: जसले दिन उज्यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्छ, र राती प्रकाश दिनलाई चन्द्रमा र ताराहरूलाई आज्ञा गर्नुहुन्छ, जसले छालहरू गर्जाउनलाई समुद्र चलाउनुहुन्छ— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ, जसले सूर्यलाई दिउँसो प्रकाश दिन नियुक्त गर्नुहुन्छ, जसले जुन र ताराहरूलाई राति चम्कनलाई आदेश दिनुहुन्छ, जसले समुद्रलाई हल्लाउनुहुन्छ, ताकि छालहरू गर्जून्; उहाँको नाम सेनाहरूका याहवेह हो:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ “उहाँ एकजना जसले दिनमा सूर्य। अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो।”