Jeremiah 31:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाश गाड्‍ने र कसिङ्गर फालिने सारा बेसी र किद्रोन खोल्‍सामाथिका सबै खेत र पूर्वमा घोडे मूल-ढोकासम्‍म भएका सबै इलाका मेरो निम्‍ति पवित्र हुनेछ र त्‍यो सहर फेरि कहिल्‍यै भत्‍काइनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लाशहरू र खरानी फालिने सारा उपत्‍यका, र पूर्वतिर किद्रोन खोल्‍सासम्‍मका सबै खेतहरू अश्‍व ढोकाको कुनासम्‍म परमप्रभुको निम्‍ति पवित्र हुनेछ। त्‍यो सहर फेरि कहिल्‍यै उखेलिनेछैन अथवा भत्‍काइनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समस्त बेँसीमा लासहरू र खरानीहरू फ्याँकिनेछ। अनि यरूशलेमको पूर्वतिरको किद्रोन खोल्सामाथि भएका मृत्युका खेतहरू र घोडे-ढोकासम्म भएका सबै इलाका याहवेहका निम्ति पवित्र हुनेछन्। त्यो सहर फेरि कहिल्यै उखेलिनेछैन, न त भत्काइनेछ।”
Nepali ERV (पवित्र बाइबल)
समस्त बेंसी जहाँ लाशहरू र खरानी फ्याँकिन्छन् परमप्रभुको लागि पवित्र हुनेछ। पूर्वका सबै मैदानहरू-किद्रोन खोल्चाबाट घोडे ढोकाको कुनासम्म नै परमप्रभुका निम्ति पवित्र हुनेछ। त्यो भूमि फेरि कहिल्यै उखालिने र भत्काइने छैन।”