Jeremiah 31:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “जातिहरूमा सबैभन्दा महान् इस्राएल जातिको निम्‍ति आनन्‍दको भजन गाओ। तिमीहरू यसरी आफ्‍ना प्रशंसाका भजन गाओ, ‘परमप्रभुले आफ्‍ना मानिसहरूलाई बचाउनुभएको छ, बाँचेकाहरू सबैलाई उहाँले उद्धार गर्नुभएको छ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ: “खुशीले याकूबको निम्‍ति गाओ। जातिमध्‍येका अग्रगण्‍यको निम्‍ति उच्‍च सोर निकाल। तिमीहरूको प्रशंसा सुनिओस्, र यसो भन, ‘हे परमप्रभु, आफ्‍नो प्रजा, इस्राएलका बाँचेकाहरूको उद्धार गर्नुहोस्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: “याकोबका निम्ति आनन्दसाथ गाओ; राष्ट्रहरूका प्रमुखका निम्ति चर्को सोरले कराओ। उच्‍च सोरले प्रशंसा गरेर भन, ‘हे याहवेह, तपाईंको जाति इस्राएलका बाँकी रहेकाहरूलाई बचाउनुहोस्।’
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ “आनन्दित हौ अनि याकूबका निम्ति गाऊ। इस्राएलको राज्यहरूमा महानताका निम्ति हल्ला गर। प्रशंसाको गीत गाऊ अनि यसो भन्दै चिच्याऊ ‘हे परमप्रभु! तपाईंका मानिसहरू जो इस्राएलबाट जीवित छोडिएका छन् तिनीहरूलाई सुरक्षा गर्नु होस्।’