Jeremiah 31:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूलाई उत्तरबाट ल्‍याउनेछु र पृथ्‍वीको पल्‍लो छेउबाट जम्‍मा गर्नेछु। तिनीहरूका बीचमा अन्‍धा, लङ्गडा तथा गर्भवती र सुत्‍केरी हुन लागेकी स्‍त्रीहरूसमेत हुनेछन्। एउटा ठूलो समुदाय भई तिनीहरू आउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, म तिनीहरूलाई उत्तर देशदेखि ल्‍याउनेछु, र पृथ्‍वीका कुना-कुनाबाट म तिनीहरूलाई जम्‍मा गर्नेछु। तिनीहरूका बीचमा अन्‍धा र लङ्गड़ा, गर्भवती आमाहरू र सुत्‍केरी वेदनामा परेका स्‍त्रीहरू हुनेछन्‌। तिनीहरूको एउटा ठूलो भीड़ फर्केर आउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, म तिनीहरूलाई उत्तरको देशबाट यहाँ फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पृथ्वीको पल्‍लो छेउबाट एकसाथ भेला गर्नेछु। तिनीहरूका बीचमा अन्धा र लङ्गडा, गर्भवती आमाहरू र प्रसुती वेदनामा परेका स्त्रीहरू हुनेछन्; एउटा विशाल भीड फर्किनेछ।
Nepali ERV (पवित्र बाइबल)
हेर, म तिनीहरूलाई उत्तरबाट र टाढो-टोढो देशहरूबाट ल्याउनेछु अनि भेला पार्नेछु। तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्। कतिपय स्त्रीहरू गर्भवती छन् अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्। तर धेरै धेरै मानिसहरू फर्की आउनेछन्।