Jeremiah 31:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले फर्काई ल्‍याउँदा मेरा प्रजा रुँदै र प्रार्थना गर्दै फर्किआउनेछन्। मेरा मानिसहरूलाई म पानीका खोलाहरूबाट डोर्‍याउनेछु, ठेस नलाग्‍ने सम्‍म बाटोमा हिंडाउनेछु। म इस्राएलका निम्‍ति बुबा हुँ र एफ्राइम मेरो जेठो छोरो हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू रुँदै आउनेछन्‌। मैले तिनीहरूलाई फर्काएर ल्‍याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्‌। म तिनीहरूलाई पानी भएका खोलाहरूका किनार-किनार डोर्‍याउनेछु, सीधा बाटोमा जहाँ तिनीहरूले ठेस खानेछैनन्‌। किनभने म इस्राएलको पिता हुँ, र एफ्राइमचाहिँ मेरो जेठो छोरो हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू रुँदै-रुँदै फर्किआउनेछन्; मैले तिनीहरूलाई फर्काएर ल्याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्। म तिनीहरूलाई पानीको मुहानका छेउबाट डोर्‍याउनेछु; समतल बाटोबाट, जहाँ तिनीहरूले ठेस खानेछैनन्; किनकि म इस्राएलका पिता हुँ, र एफ्राइम मेरो जेठा छोरा हो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू रूँदै आउनेछन्। तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु। म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु ताकि तिनीहरू लड्ने छैनन्। म तिनीहरूलाई यस्तो पथ डोर्याउने छु किनभने इस्राएलको निम्ति म पिता हुँ, अनि एप्रैम मेरो जेठो छोरो हो।