Jeremiah 32:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले हजारौंलाई अटुट प्रेम देखाउनुभएको छ तर तपाईंले मानिसहरूलाई तिनीहरूका आमा-बुबाका पापको निम्ति दण्ड पनि दिनुहुन्छ। तपाईं महान् र शक्तिशाली परमेश्वर हुनुहुन्छ, तपाईं सर्वशक्तिमान् परमप्रभु हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजारौँ हजारलाई तपाईं आफ्नो प्रेम देखाउनुहुन्छ, तर पिता-पुर्खाहरूका पापको साटो उनीहरूका पछि आउने छोराछोरीहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्वर, जसको नाउँ सर्वशक्तिमान् परमप्रभु हो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले हजारौँ मानिसहरूमाथि प्रेम देखाउनुहुन्छ, तर बुबाआमाको अपराधहरूका दण्ड तिनीहरूपछि तिनीहरूका सन्तानहरूलाई दिनुहुन्छ। हे महान् र शक्तिशाली परमेश्वर, जसको नाम सेनाहरूका याहवेह हो;
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, तपाईं हजारौं मानिसहरूका लागि कृपालु हुनुहुन्छ तर तपाईंले पिता-पुर्खाहरूको पापको भागी नानीहरूलाई दण्ड दिनुभयो। हे महान एवं शक्तिशाली परमेश्वर, तपाईंको नाउँ सेनाहरूका परमप्रभु हो।