Jeremiah 32:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै वर्षअघि तपाईंले मिश्रमा उदेक र आश्चर्यका कामहरू गर्नुभयो। आजसम्म तपाईंले इस्राएल र अरू सबै राज्यका बीचमा उदेकका कामहरू गरिरहनुभएको छ र अब तपाईंलाई सबै ठाउँमा चिन्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशमा आश्चर्यचकित चिन्हहरू र आश्चर्य कामहरू तपाईंले देखाउनुभयो, अनि आजको दिनसम्म इस्राएलीहरू र सारा मानिस-जातिका बीचमा ती प्रकट गर्दैआउनुभएको छ र ख्याति प्राप्त गर्नुभएको छ, जो आजसम्म तपाईंकै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले इजिप्टमा अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्नुभयो। आजको दिनसम्म इस्राएल र सबै मानव-जाति दुवैका बीचमा ती प्रकट गरिरहनुभएको छ। अनि तपाईंले ख्याति प्राप्त गर्नुभएको छ, जुन आजको दिनसम्म पनि तपाईंकै हो।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! तपाईंले शक्तिशाली र मिश्र भूमिमा गर्नुभयो अहिले सम्म इस्राएलमा र अन्य मानिसहरूको बीचमा आश्चर्यचकित कर्महरू गरिरहनु भएको छ। तपाईं आफैले आज प्रसिद्ध पार्नु भएकोछ।