Jeremiah 32:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जब यस देशमा आएर तिनीहरूले यसलाई आफ्नो अधीन गरे, तब तिनीहरूले तपाईंका आज्ञा मानेनन् अथवा तपाईंको शिक्षाअनुसार आफ्नो जीवन बिताएनन्। तपाईंले आज्ञा गर्नुभएको एउटै कुरो पनि तिनीहरूले गरेनन्। यसैले यी सबै विनाश तपाईंले तिनीहरूमाथि ल्याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू पसेर यो देश अधिकार गरे। तर तिनीहरूले तपाईंको आज्ञापालन गरेनन्, तपाईंको व्यवस्थाअनुसार तिनीहरू चलेनन्। तिनीहरूलाई गर्न भनी तपाईंले आज्ञा दिनुभएको कुरा तिनीहरूले पालन गरेनन्। यसैले तपाईंले यी सबै सर्वनाश तिनीहरूमाथि ल्याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरू देशभित्र आए, र देशलाई अधिकार गरे; तर तिनीहरूले तपाईं र तपाईंका आज्ञाहरू पालन गरेनन्। तपाईंले तिनीहरूलाई पालन गर्नू भनेर दिनुभएको आज्ञा तिनीहरूले पालन गरेनन्। यसैकारण तपाईंले तिनीहरूमाथि यी सबै विपत्तिहरू ल्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू यस देशमा आए अनि त्यसलाई बनाए। तर तिनीहरूले तपाईंको आज्ञा पालन गरेनन अथवा तिनीहरूले तपाईंको शिक्षा अनुसरण गरेनन् अथवा तपाईंको आज्ञा पालन तिनीहरूले गरेनन्। यसकारण तपाईंले इस्राएलका मानिसहरूमाथि यी सारा संकटहरू ल्याउनु भयो।