Jeremiah 32:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हेर्नुहोस्, सहर कब्‍जा गर्न बेबिलोनीहरूले त्‍यसका चारैपट्टि घेरा हालेका छन् र त्‍यसमाथि हमला गरिरहेका छन्। लडाइँ, अनिकाल र रुढीको कारण सहर तिनीहरूका हातमा पर्नेछ। तपाईंले भन्‍नुभएका सबै कुरा पूरा हुँदैआएको तपाईंले देख्‍दै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर्नुहोस्, यो सहर लिनलाई घेरा-मचान बनाइएको छ। तरवार, अनिकाल र रूढ़ीको कारण सहरलाई आक्रमण गर्ने बेबिलोनीहरूका हातमा त्‍यो सुम्‍पिइनेछ। तपाईंले जे भन्‍नुभएको थियो, त्‍यो पूरा भयो, जुन कुरा तपाईं देख्‍दैहुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर्नुहोस्, यस सहरलाई कब्जा गर्नलाई बेबिलोनीहरूले घेरा हाल्न कसरी मोर्चा बनाएका छन्। किनकि तरवार, अनिकाल र रूढीको कारणले यो सहर बेबिलोनीहरूको हातमा सुम्पिइनेछ, जसले यस सहरमाथि आक्रमण गरिरहेका छन्। तपाईंले जे भन्‍नुभयो, त्यो पूरा भइरहेको छ, जस्तो अहिले तपाईंले देख्दैहुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“अनि अहिले, बाबेलवासीहरूले त्यो शहर कब्जा गर्न घेरेर राखेकाछन्। तिनीहरूले आफ्ना तरवारहरूद्वारा अनिकाल फैलाएर अनि भयानक रोगहरू फैलाएर यरूशलेममाथि विजय प्राप्त गर्नेछन्। त्यो शहर अहिले बाबेल सेनाहरूको आक्रमणमा छ। हे परमप्रभु! तपाईंले यस्तो होस् भन्नु भएकोले यस्तो भएकोछ।