Jeremiah 32:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मतिर आफ्ना पिठ्युँ फर्काए। मैले तिनीहरूलाई बारम्बार शिक्षा दिंदादिंदै पनि तिनीहरूले ती सुनेनन् र ग्रहण गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मतिर मुख होइन तर पीठ फर्काए, र तिनीहरूलाई मैले घरीघरी सिकाए तापनि अनुशासनको ख्यालै तिनीहरूले गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मतिर तिनीहरूका अनुहार होइन, तर तिनीहरूका पीठ फर्काएका छन्; मैले तिनीहरूलाई घरी-घरी सिकाए तापनि तिनीहरूले सुनेनन् र अनुशासनलाई ग्रहण गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
“ती मानिसहरूले मलाई पिठ्यूँ देखाए। मैले तिनीहरूलाई घरि घरि शिक्षा दिन कोशिश गरें तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरें, मेरो कुरामा ध्यानै दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्।