Jeremiah 32:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको भलाइ हुने काम गर्नमा म आनन्‍दित हुनेछु र पूरा मनले सदाकालको निम्‍ति म तिनीहरूलाई यस देशमा बसाल्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई भलाइ गर्नमा नै म खुशी हुनेछु, र निश्‍चय नै तिनीहरूलाई यस देशमा म मेरो पूरा हृदय र प्राणले बसाल्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको भलाइ गर्दा म आनन्दित हुनेछु; अनि मेरो सारा हृदयले र सारा प्राणले तिनीहरूलाई यस देशमा निश्‍चय नै स्थायी रूपमा स्थापित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई भलाई गर्नुमा म खुशी रहेनछु। म निश्चय तिनीहरूलाई यस देशमा रोप्ने छु र हुर्काउने छु। म आफ्नो जम्मै हृदय र मनले त्यसो गर्ने छु।”‘