Jeremiah 32:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले भनिरहेका छन् कि यो देश मानिस वा पशुहरू बास गर्न नसक्‍ने मरुभूमिझैँ हुनेछ र बेबिलोनीहरूका हातमा जानेछ। तर यस देशमा फेरि एक पल्‍ट खेतबारी किन-बेच गरिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि यस देशमा जग्‍गाजमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्‍दछौ, ‘यो त मानिस र पशु केही नभएको निर्जन स्‍थान छ, किनकि यो त बेबिलोनीहरूका हातमा दिइएको छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन देशको बारेमा तिमीहरू यसो भन्छौ, ‘यो त उजाड र काम नलाग्ने, मानिसहरू र पशुहरू केही नभएको उजाड भूमिजस्तो छ; किनकि यो देश बेबिलोनीहरूका हातमा दिइएको छ, तर यस देशमा फेरि जमिनहरू किनिनेछन्।’
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरूभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्।