Jeremiah 32:44 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले ती किन्‍नेछन्, खरिद-बिक्रीको तमसुकमा सही गर्नेछन्, छाप मोहोर लाउनेछन् र साक्षीहरूका सही गराउनेछन्। यो काम बेन्‍यामीनको इलाका, यरूशलेमका चारैपट्टिका गाउँ बस्‍तीहरू, यहूदाका सहरहरू, पहाडी देशका सहरहरू, पहाडका फेदीका ठाउँहरू र दक्षिण यहूदामा हुनेछ। मानिसहरूलाई म तिनीहरूका देशमा फर्काई ल्‍याउनेछु। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन्‍यामीनको इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा, यहूदाका नगरहरूमा, पहाड़ी देशका नगरहरूमा, तराई र नेगेवका नगरहरूमा चाँदी दिएर जग्‍गाजमिन किनिनेछन्, र तमसुकहरूमा साक्षी राखेर छाप लगाइनेछन्, किनभने म तिनीहरूका सुख-शान्‍ति फेरि ल्‍याउनेछु, परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाँदीको लागि जमिनहरू किनिनेछन्, र बेन्यामीनको इलाकामा, यरूशलेमका वरिपरिका गाउँहरूमा, यहूदाका सहरहरूमा, पश्‍चिमी पहाडको फेद र दक्षिणतिरको पहाडी इलाकाका सहरहरूमा किनबेचको तमसुकहरूमा हस्ताक्षर गरिनेछन्। सहीछाप लाएर तमसुकहरू साक्षीका निम्ति राखिनेछन्; किनकि म तिनीहरूको सुख-शान्ति फेरि फर्काइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पैसाहरू दिएर खेतहरू किन्नेछन्। तिनीहरूले जमीनको तमसुकमा हस्ताक्षर गर्नेछन् र साक्षीहरूको उपस्थिसित मोहर लगाउनेछन्। मानिसहरूले फेरि साक्षीहरूको उपस्थितिमा बिन्यामीनको देशमा यरूशलेम वरिपरिका ठाउँहरूमा, यहूदाको शहरहरूमा पहाडी देशमा, पश्चिमी बेंसीहरू अन्तर्गत, अनि नेगेबमा जमीनहरू किन्ने छन्। त्यस्तो हुने नै छ किनभने म तिनीहरूलाई पुर्नस्थापना गर्नेछु।” यो परमप्रभुको सन्देश हो।