Jeremiah 32:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तेरा काका शल्लूमको छोरो हनमेल आएर ‘तिमी नजिकको नातेदार भएकोले मेरो खेतबारी किन्ने हक तिम्रो हुन्छ र बेन्यामीनको मुलुकको अनातोतमा भएको मेरो खेत किनिदेऊ’ भनी तँलाई बिन्ती गर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आएर भन्नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्नुहोस्, किनभने नजिकका नातेदारको रूपमा त्यो किनेर छुटाउने हक र कर्तव्य तपाईंकै हो’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा काका शल्लूमको छोरा हनमेल यसो भन्दै तँकहाँ भेट्न आउन लागेको छ, ‘बेन्यामीनको प्रान्तको अनातोतमा भएको मेरो जमिन किन्नुहोस्; किनकि तपाईं नजिकको नातेदार हुनुभएको कारण जमिन किन्ने अधिकार र कर्तव्य तपाईंको हो।’
Nepali ERV (पवित्र बाइबल)
यर्मिया, तिम्रो काका शल्लूमको छोरो हनमेल तिमीकहाँ आउँदैछ। हनमेलले तिमीलाई एउटा प्रस्ताव दिनेछ कि ‘तिमीले अनातोत शहरको छेउमा भएको क्षेत्र किन्नु पर्नेछ कारण हनमेल उसको एकदम निकट सन्तान हो। अनि हनमेलको त्यो ठाँउ किन्ने जिम्मावारी र अधिकार तिम्रो हो।’