Jeremiah 33:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खुसी र आनन्‍दका सोर र बिहेका भोजका रमाहटको आवाज सुन्‍नेछौ। मानिसहरूले मेरो मन्‍दिरमा आफ्‍ना धन्‍यवाद बलिहरू लिई आउँदा तिनीहरूले गीत गाएका तिमीहरूले सुन्‍नेछौ। तिनीहरूले यसो भन्‍नेछन्: ‘सर्वशक्तिमान् परमप्रभुलाई धन्‍यवाद देओ किनभने उहाँ भलो हुनुहुन्‍छ र उहाँको प्रेम सदासर्वदा रहन्‍छ।’ “म यस देशको फलिफाप पहिलेकोजस्‍तै गराउनेछु। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ आनन्‍दको सोर र खुशीको आवाज, अनि दुलहा-दुलहीको सोर र परमप्रभुको घरमा यसो भन्‍दै धन्‍यवादको बलि ल्‍याउनेहरूको सोर फेरि सुनिनेछ, “सर्वशक्तिमान्‌ परमप्रभुलाई धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्‍छ, उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।” किनकि देशको सुख-शान्‍ति म फेरि अघिजस्‍तै तुल्‍याइदिनेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक पटक फेरि आनन्द र हर्षको सोर, दुलहा र दुलहीका आवाजहरू; अनि याहवेहको भवनमा धन्यवादको भेटी लिएर आउनेहरूका सोरहरू सुनिनेछन्, जसले यसो भन्‍नेछन्, “सेनाहरूका याहवेहलाई धन्यवाद चढाओ; किनकि सेनाहरूका याहवेह भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ।” किनकि यस देशको सुख-शान्ति फेरि फर्काएर पहिलेको जस्तै म पुनर्निर्माण गरिदिनेछु,’ याहवेह यसो भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्, ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ। तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु,” परमप्रभु भन्नुहुन्छ।