Jeremiah 33:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभुले भन्नुभयो, “कोही मानिस वा जन्तु बास नगरेको यो मरुभूमिजस्तो ठाउँमा एक पल्ट फेरि भेडा-बाख्रा चर्ने खर्कहरू हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: ‘मानिस र पशुविनाको यस निर्जन ठाउँमा, र त्यसका सबै नगरहरूमा फेरि गोठालाहरूका निम्ति बगालहरू विश्राम गर्ने खर्कहरू हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘यो उजाड ठाउँ मानिसहरू र पशुप्राणीहरू नभएको ठाउँमा—यस देशका सबै सहरमा गोठालाहरूका निम्ति तिनीहरूका बगालहरू विश्राम गर्ने खर्कहरू फेरि हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
सेनाहरूका परमेश्वर भन्नुहुन्छ, “मानिसहरू अथवा पशु प्राणीहरू नभएर अहिले यो ठाउँ उराठलाग्दो छ। तर यहूदाका सबै शहरहरूमा भेडा गोठालाहरूले भेडा बथानहरू चराउने र ती बथानहरूले थकाई मार्ने र्खकहरू हुनेछन्।