Jeremiah 33:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहाडी देशका सहरहरू, पहाडका फेदीका जग्‍गा, यहूदाको दक्षिणी भाग, बेन्‍यामीनको इलाका, यरूशलेम चारैपट्टिका गाउँ र बस्‍तीहरू र यहूदाका सहरहरूमा गोठालाहरूले आ-आफ्‍नो भेडा-बाख्राहरूको गन्‍ती लिनेछन्। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहाड़ी देशका नगरहरूमा, तराईका नगरहरूमा, नेगेवका नगरहरूमा, बेन्‍यामीनका इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा र यहूदाका नगरहरूमा बगालहरू एकै जनाको हातले गनी-गनीकन चराइनेछन्,’ परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाको सहरहरूमा, यरूशलेमका चारैपट्टिका गाउँहरूमा, बेन्यामीनका इलाकामा, पश्‍चिमी पहाडका तराई, बेँसी र दक्षिणका पहाडी इलाकाका सहरहरूमा गोठालाहरूले फेरि भेडाबाख्राहरूका बगालहरू गन्‍नेछन्, याहवेह यसो भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
पहाडी देशमा, पश्चिमी बेंसीमा, नेगेबमा, बिन्यामीनको शहरहरूमा, अनि यरूशलेम र यहूदाको वरिपरि सबै शहरहरूमा भेडाका बथानहरू हुनेछन् अनि भेडा गोठालाहरू र भेडाहरू गन्ती गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।