Jeremiah 33:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस्तै प्रकारले दाऊदसित तेरो सन्तानबाट एक जना सधैँ राजा हुने करार बाँधेको छु र लेवी कुलका पूजाहारीहरूसित तिनीहरूले सधैँ मेरो सेवा गर्ने भनी मैले करार बाँधेको छु। ती करारहरू कहिल्यै भङ्ग गर्न सकिनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो दास दाऊदसँग गरेको मेरो करार र मेरो सामुन्ने सेवा गर्ने लेवी पूजाहारीहरूसँग गरेको मेरो करार पनि भङ्ग गर्न सकिनेछ, र दाऊदको सिंहासनमा राज्य गर्न अब उप्रान्त तिनको सन्तान हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मात्र मेरो सेवक दावीदसँगको मेरो करार, लेवीहरू र पुजारीहरू, जो मेरो सामु रहेर सेवा गर्छन्, तिनीहरूसँगको मेरो करार भङ्ग हुन सक्छ; यहाँसम्म कि दावीदको सिंहासनमा शासन गर्नलाई उसको कुनै सन्तान हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीहरूले मेरा सेवक दाऊद र लेवीसँग पनि मेरो करार बद्लिन सक्छौ। दाऊदका सन्तानहरू अब राजा हुनेछैन र लेवीका परिवारबाट पूजाहारी हुनेछैन।