Jeremiah 33:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरो सेवक दाऊदको सन्‍तान र लेवी कुलका पूजाहारीहरूका सङ्‍ख्‍या बढाउनेछु र तिनीहरूको गन्‍ती लिन त्‍यस्‍तै असम्‍भव हुनेछ, जस्‍तो आकाशका तारा वा समुद्रका किनारमा भएका बालुवाका कणको गन्‍ती लिन असम्‍भव छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशका तारा गन्‍न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिनेजस्‍तै म मेरो दास दाऊदका सन्‍तान र मेरो सेवा गर्ने लेवीहरूको संख्‍या बढ़ाउनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नो सेवक दावीद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूलाई आकाशका गन्‍न नसकिने ताराहरू र समुद्रका किनारमा भएका बालुवा जोखिन नसकिनेजस्तै बढाइदिनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”