Jeremiah 33:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मैले चुनेका दुई परिवार इस्राएल र यहूदालाई मैले नै त्यागेको छु भनी कसरी मानिसहरूले भन्दै छन्, त्यो के तैँले सुनिस्? यसकारण तिनीहरूले मेरा प्रजालाई घृणाको दृष्टिले हेर्छन् र तिनीहरूलाई एउटा जाति हो भनी ठान्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी मानिसहरू के भन्दैछन्, के त्यसमा तैंले ध्यान दिएको छैनस्? यिनीहरू भन्छन्, ‘परमप्रभु आफैले चुन्नुभएका ती दुई राज्यहरूलाई उहाँले त्याग्नुभएको छ’। यसैले यिनीहरूले मेरो प्रजालाई घृणा गर्छन्, र यिनीहरूको दृष्टिमा मेरो प्रजा जाति नै होइन भनी ठान्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के यी मानिसहरूले ‘याहवेहले आफूले चुन्नुभएका दुई राज्य यहूदा र इस्राएललाई त्यागिदिनुभएको छ’ भनिरहेको कुरा के तैँले ख्याल गरेको छैनस्? यसकारण ती मानिसहरूले मेरा मानिसहरूलाई घृणा गर्छन् र तिनीहरूलाई एक राष्ट्रको रूपमा ठान्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
“यर्मिया, तिमीले सुन्यौ, मानिसहरूले के भनिरहेछन्? ती मानिसहरूले भनिरहेका छन्, ‘परमप्रभुले यहूदा र इस्राएलका परिवारहरूलाई जसलाई चुन्नुभएको थियो ती दुइलाई त्याग गर्नु भयो। तिनीहरूले मेरा मानिसहरूलाई घृणा गर्छन अनि तिनीहरूलाई एउटा जाति भनी भन्नु चाहँदैनन्।”