Jeremiah 33:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म परमप्रभुले दिन र रातसित एउटा करार बाँधेको छु र पृथ्‍वी र आकाश चलाउने नियमहरू बनाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यदि दिन र रातसम्‍बन्‍धी मेरो करार मैले स्‍थापित गरेको होइनँ भने, अनि स्‍वर्ग र पृथ्‍वीको विषयका मैले राखेका नियमहरू स्‍थायी होइनन्‌ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: ‘यदि मैले दिन र रातसँग आफ्नो करार स्थापित गरेको होइन भने साथै आकाश र पृथ्वीका नियमहरू तोकिदिएको होइन भने,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए।