Jeremiah 33:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी पक्का प्रकारले यी कामहरू मैले गरेको छु, त्यसरी नै म याकूबका सन्तानसित र मेरो सेवक दाऊदसित बाँधेको आफ्नो करार पूरा गर्नेछु। अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्य गर्न म दाऊदको सन्तानबाट एक जनालाई चुन्नेछु। म मेरा प्रजालाई दया गर्नेछु र फेरि तिनीहरूको पहिलेको जस्तै फलिफाप गराउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मात्र म याकूबका र मेरो दास दाऊदका सन्तानहरूलाई इन्कार गर्नेछु, र त्यसको सन्तानको एउटैलाई पनि अब्राहाम, इसहाक र याकूबको वंशमाथि राज्य गर्नलाई म चुन्नेछैनँ। किनकि म तिनीहरूको सुखशान्ति फर्काइदिनेछु र तिनीहरूमाथि टिठ्याउनेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याकोब र मेरो सेवक दावीदका सन्तानहरूलाई तिरस्कार गर्नेछु। अनि त्यसको सन्तानको कुनै पनि छोरालाई अब्राहाम, इसहाक र याकोबका सन्तानमाथि शासन गर्नलाई म चुन्नेछैनँ। तर म तिनीहरूलाई कैदबाट फर्काएर तिनीहरूको समृद्धि पनि फर्काइदिनेछु र तिनीहरूमाथि दया देखाउनेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
तब याकूबका सन्तानहरू अस्वीकार गर्न सक्छु। अनि मेरो दास दाऊदका सन्तानहरूलाई अब्राहाम, इसहाक र याकूबको वंशहरूमाथि राज्य गर्नदिने छैन। तर तिनीहरूबाट जो खोसिएको छ त्यो पुन बहाल गरिनेछ र तिनीहरूमाथि दया गरिनेछ।”