Jeremiah 33:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍दछु कि घेरा हालेका र हमला भएका कारण यरूशलेमका घरहरू र यहूदाका राजमहलहरू भत्‍काइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यस सहरका घरहरू र यहूदाका राजाका महलहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, जो घेरा-मचान र तरवारको विरुद्धमा प्रयोग गर्नलाई
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि बेबिलोनीहरूको घेराबन्दी र तरवारको विरुद्धमा भएको प्रतिरोधको लडाइँमा भत्काइएका यस सहरका घरहरू र यहूदाका राजकीय महलहरूको बारेमा याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ। परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा ध्वंस भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।