Jeremiah 33:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम मेरो निम्‍ति आनन्‍द, इज्‍जत र गौरवको मूल बन्‍नेछ र मैले यरूशलेमका बासिन्‍दाहरूको निम्‍ति गरेका भलाइका कामहरू र त्‍यस सहरमा ल्‍याएका फलिफापका कुराहरू सुनेर पृथ्‍वीका हरेक जाति डरले थरहरी हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यो सहर पृथ्‍वीका सबै जातिहरूका सामुन्‍ने मेरो निम्‍ति सुनाम, आनन्‍द, प्रशंसा र सम्‍मान दिने हुनेछ। ती जातिहरूले, जब मैले यसलाई गरेका असल कामहरू र उन्‍नतिका कुराहरू सुन्‍छन्, तब मैले यसलाई दिएको प्रशस्‍त सुख-शान्‍तिको कारण उनीहरू डराएर थरथर काम्‍नेछन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यस यरूशलेम सहरको निम्ति मैले गरेका सबै भलाइका कुराहरू सुनेर यस पृथ्वीका सबै जातिहरूको सामु यस सहरले मलाई ख्याति, आनन्द, प्रशंसा र सम्मान ल्याउनेछ। अनि मैले यस यरूशलेमको निम्ति दिएको प्रशस्त उन्‍नति र शान्तिको कारण मानिसहरू डराएर थरथर काम्नेछन्।’
Nepali ERV (पवित्र बाइबल)
जब मैले गरेको भलाइ कार्यहरू यस शहरका बसिन्दाहरूले सुन्छन्। तब पृथ्वीका जम्मै जातिहरू अघि यस शहरले मकहाँ प्रशंसा र महिमा ल्याउनेछ। जब ती जातिहरूले मैले यो शहरवासीहरूका निम्ति गरेको शान्ति र उन्नतिका कुराहरू सुन्छन तिनीहरू भयभीत हुनेछन् अनि काम्नेछन्।