Jeremiah 34:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना अधीनमा भएका सबै जातिहरू र कुलहरूका सेनासाथ लिएर बेबिलोनका राजा नबूकदनेसरले यरूशलेम र त्‍यसको छेउ-छाउका सहरहरूमाथि आक्रमण गरेका बेलामा परमप्रभु मसित बोल्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब बेबिलोनका राजा नबूकदनेसर आफ्‍ना सबै सेना, उनले राज्‍य गरेका पृथ्‍वीका सबै राज्‍यहरू र मानिसहरूले यरूशलेम र त्‍यसका छेउछाउका नगरहरूका विरुद्धमा लड़ाइँ गरिरहेका थिए, तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, आफ्नो शासनको अधीनमा रहेका सबै राज्य र जातिहरूले यरूशलेम र त्यसका वरिपरिका सबै सहरको विरुद्धमा लडाइँ गरिरहेको बेला याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुबाट यर्मियाकहाँ सन्देश आयो। सन्देश त्यतिबेला आयो जब बाबेलका राजा नबूकदनेस्सर, यरूशलेम र त्यसका वरिपरिका शहरहरूका विरूद्ध लडाइँ गरिरहेका थिए। नबूकदनेस्सरसँग उसका सारा सेना अनि आफूले शासन गरेका राज्यहरूका सेना र मानिसहरू थिए।