Jeremiah 34:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफूसित छ वर्षसम्‍म कमारा-कमारी बसी सेवा गरेका यहूदीलाई हरेक सातौँ वर्षमा छुटकारा दिनुपर्छ। तर तिमीहरूका पुर्खाहरूले मेरा कुरामा ध्‍यान दिएनन् र मैले भनेअनुसार गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘प्रत्‍येक सातौँ वर्षमा तिमीहरूका हातमा आफूलाई बेचेका तिमीहरूका हिब्रू दाजुभाइहरूलाई स्‍वतन्‍त्र गर्नू। छ वर्षसम्‍म तिमीहरूको चाकरी गरिसकेपछि त्‍यसलाई मुक्त गरेर छोड़िदिनैपर्छ’। तापनि तिमीहरूका पिता-पुर्खाले मेरा कुरा सुनेनन्‌ अथवा ध्‍यानै दिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘प्रत्येक सातौँ वर्षमा तिमीहरूकहाँ आफैँलाई बेचेका तिमीहरूका हिब्रू कमारा दाजुभाइहरूलाई तिमीहरू हरेकले स्वतन्त्र गरिदिनुपर्छ। तिमीहरूका कमारा कमारीहरूले छ वर्षसम्म तिमीहरूको सेवा गरिसकेपछि तिमीहरूले तिनीहरूलाई स्वतन्त्र गरिदिनैपर्छ।’ तापनि तिमीहरूका पितापुर्खाहरूले मेरा कुरामा ध्यानै दिएनन्, अथवा मेरो आज्ञापालन गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
यो करार अनुसार प्रत्येक मानिसले आफ्ना हिब्रू कमाराहरूलाई प्रत्येक सातौं वर्षको आरम्भमा स्वतंन्त्र दिनु पर्छ। प्रत्येक हिब्रू कमारा-कमारी छ वर्षको सेवा पछि स्वतन्त्र हुनु पर्छ। तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरामा ध्यान दिएनन्।