Jeremiah 34:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दिनअघि मात्र तिमीहरूले पश्चात्ताप गर्यौ र मलाई खुसी गराउने काम गर्यौ। तिमीहरू सबै आ-आफ्ना इस्राएली बन्धुहरूलाई छुटकारा दिन राजी भयौ र मेरो सामुन्ने मेरो आराधना गरिने मन्दिरमा तिमीहरूले एउटा करार बाँध्यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले चाहिँ भर्खरै पश्चात्ताप गर्यौ। तिमीहरू हरेकले आफ्ना देशवासीहरूलाई मुक्त गरेर मेरो दृष्टिमा जे असल छ त्यो गर्यौ। मेरो नाउँ कहलिएको घरमा मेरो सामुन्ने तिमीहरूले एउटा करार बाँध्यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले भर्खरै पश्चात्ताप गर्यौ र मेरो दृष्टिमा जे उचित छ, त्यही तिमीहरूले गर्यौ: तिमीहरू हरेकले आ-आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गर्यौ। मेरो नाम बोकेको भवनमा मेरो सामु तिमीहरूले करार पनि बाँधेका थियौ।
Nepali ERV (पवित्र बाइबल)
भर्खरै तिमीहरू आफूले गरेको कामका निम्ति पश्चाताप गर्यौ अनि मेरो नजरमा के सही हो त्यो गर्यौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्यौ अनि हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्यौ।