Jeremiah 34:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र अब म परमप्रभु भन्‍दछु कि तिमीहरूले मेरा आज्ञापालन गरेनौ, आफ्‍ना इस्राएली बन्‍धुहरूलाई छुटकारा दिएनौ। ठीक छ, अब म तिमीहरूलाई स्‍वतन्‍त्रता दिंदछु: लडाइँ, अनिकाल र रुढीद्वारा नष्‍ट हुने स्‍वतन्‍त्रता। जे म तिमीहरूलाई गर्नेछु, त्‍यो देखेर संसारका हरेक जाति तर्सनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरूले मेरो आज्ञापालन गरेका छैनौ, र आफ्‍ना स्‍वदेशी दाजुभाइलाई स्‍वतन्‍त्र पार्ने घोषणा गरेका छैनौ। यसकारण म अब तिमीहरूका निम्‍ति ‘स्‍वतन्‍त्रता’ घोषणा गर्छु— तिमीहरूलाई तरवार, रूढ़ी र अनिकालद्वारा मर्ने स्‍वतन्‍त्रताको घोषणा गर्दैछु। म तिमीहरूलाई पृथ्‍वीका सबै राज्‍यहरूका निम्‍ति घृणित तुल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूले मेरो आज्ञापालन गरेनौ; तिमीहरूले आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गरेनौ। यसकारण अब हेर, म तिमीहरूका निम्ति ‘स्वतन्त्रताको’ घोषणा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ—तरवार, अनिकाल र रूढीद्वारा नष्‍ट हुने स्वतन्त्रताको घोषणा। तिमीहरूको हालत यस्तो बनाइदिनेछु, कि पृथ्वीका सबै राज्यहरूले यो देखेर भयभीत हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण परमप्रभु भन्नुहुन्छ “तिमीहरूले मेरो कुराको पालन गरेनौ। तिमीहरूले आफ्ना मित्र अनि छिमेकीहरूलाई स्वतंत्र पारेनौ। यसकारण तरवार, अनिकाल र भयानक महामारीद्वारा मारिनको लागि म तिमीहरूलाई “मुक्ति” घोषणा गर्छु। म तिमीहरूको अवस्था यति दर्दनाक बनाउनेछु कि तिमीहरूको अवस्था देखी सम्पूर्ण पृथ्वी नै भयभीत हुनेछ।