Jeremiah 34:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[18-19] यहूदा र यरूशलेमका भारदारहरू साथै दरबारका अधिकृतहरू र पूजाहारी तथा अगुवाहरूले एउटा साँढे दुई फ्‍याँक पारी त्‍यसका बीचबाट हिंडेर मसित एउटा करार बाँधेका थिए। तर तिनीहरूले त्‍यो करार तोडे र त्‍यसका शर्तहरू पालन गरेनन्। यसर्थ तिनीहरूले साँढेलाई जे-जसो गरेका थिए, त्‍यस्‍तै म तिनीहरूलाई गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो करार भङ्ग गर्ने र मेरो सामु गरेका करारका शर्तहरू पूरा नगर्ने ती मानिसहरूसँग म त्‍यही बाछासँग जस्‍तै व्‍यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्‍याक पारेर तिनका बीचबाट हिँड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जजसले मेरो करार भङ्ग गरेका छन् र तिनीहरूले मेरो सामु गरेका करारका शर्तहरू पूरा गरेका छैनन्, म तिनीहरूसँग त्यही बाछालाई जस्तो व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई टुक्रा पारेर ती टुक्राहरूका बीचबाट हिँडे।
Nepali ERV (पवित्र बाइबल)
ज-जसले त्यो करार भंग गरेछन् अनि ज-जसले मेरो अघि गरेका प्रतिज्ञाहरू लत्याएका छन् तिनीहरूसित त्यही व्यवहार गर्नेछु जस्तो एउटी बाछीलाई दुइ फ्याक पार्छन् र ती दुइ टुक्राहरूको माझमा हिँडछन्।