Jeremiah 34:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यहूदाका राजा सिदकियाहकहाँ गएर यसो भन्‍ने आदेश दिनुभयो, “म परमप्रभुले यो सहर बेबिलोनका राजाका हातमा दिनेछु र त्‍यसले यसलाई आगोले भस्‍म पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाका राजा सिदकियाहकहाँ जा, र त्‍यसलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, म यो सहर बेबिलोनका राजाको हातमा सुम्‍पिदिनै लागेको छु। त्‍यसले यसलाई आगोले जलाइदिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: यहूदाको राजा सिदकियाहकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु, र त्यसले यस सहरलाई आगोले भस्म पार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ यर्मिया यहूदाका राजाकहाँ जाऊ अनि तिनलाई भन ‘सिदकियाह, परमप्रभु यसो भन्नुहुन्छ म यरूशलेमको यो शहर बाबेलका राजालाई दिइरहेको छु जसले यसलाई जलाएर खरानी पार्नेछ।