Jeremiah 34:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई मार्न चाहने शत्रुका हातमा म तिनीहरूलाई सुम्पिदिनेछु र तिनीहरूका लाश चरा-चुरुङ्गी र जङ्गली जनावरहरूको आहार हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई तिनीहरूका प्राण लिन खोज्ने शत्रुहरूका हातमा दिनेछु। तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूका आहार हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका लासहरू आकाशका चराहरू र जङ्गली पशुहरूका निम्ति भोजन हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सुम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ।