Jeremiah 34:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका राजा सिदकियाह र तिनका भारदारहरूलाई पनि म ती शत्रुहरूका हातमा दिनेछु, जसले तिनीहरूको ज्‍यान लिने इच्‍छा गर्दछन्। म तिनीहरूलाई बेबिलोनका सेनाको हातमा दिनेछु, जसले तिमीहरूमाथि हमला गर्न अहिले बन्‍द गरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यहूदाका राजा सिदकियाह र त्‍यसका अधिकारीहरूलाई तिनीहरूका प्राण लिन खोज्‍ने शत्रुहरूका हातमा र बेबिलोनको राजाका सेनाको हातमा सुम्‍पिदिनेछु, जुन सेना तिमीहरूदेखि फर्केर गएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म यहूदाको राजा सिदकियाह र त्यसका अधिकारीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरू, बेबिलोनको राजाको सेनाहरूका हातमा सुम्पिदिनेछु, जुन सेनाहरू तिमीहरूबाट पछि हटेका छन्।
Nepali ERV (पवित्र बाइबल)
म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु।