Jeremiah 34:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आज्ञा गर्नेछु र तिनीहरू यस सहरमा फर्किआउनेछन्। तिनीहरूले यस सहरमाथि हमला गर्नेछन्, यसलाई कब्‍जा गर्नेछन् र डढेलो लाइदिनेछन्। म यहूदाका सहरहरूलाई मरुभूमिझैँ निर्जन पार्नेछु। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्‍नुहुन्‍छ, म हुकुम दिनेछु, र उनीहरूलाई यस सहरमा फर्काएर ल्‍याउनेछु। उनीहरूले यस सहरको विरुद्धमा लड़ाइँ गरेर त्‍यसलाई लिइहाल्‍नेछन्, र त्‍यसलाई जलाइदिनेछन्‌। अनि म यहूदाका नगरहरूलाई बासिन्‍दा नै नभएको उजाड़-स्‍थान बनाइदिनेछु, ताकि त्‍यहाँ कोही बस्‍न नपाओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, म बेबिलोनी सेनाहरूलाई आदेश दिनेछु; अनि म तिनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। तिनीहरूले यस सहरको विरुद्धमा लडाइँ गर्नेछन्। यस सहरलाई कब्जा गर्नेछन् र आगो लगाएर भस्म पार्नेछन्। यसरी म यहूदाका सहरहरूलाई उजाड पारिदिनेछु, ताकि त्यहाँ कोही पनि बसोबास गर्न नपाओस्।”
Nepali ERV (पवित्र बाइबल)
तर म आदेश दिनेछु अनि बाबेलका सेनाहरू फर्की आउनेछन्।’ यो परमप्रभुको सन्देश हो। ‘ती सेनाहरूले यरूशलेम विरूद्ध युद्ध गर्नेछ। बाबेलका सेनाहरूले यो शहर कब्जा गर्नेछन् र यसलाई जलाई खरानी बनाउनेछन्। म यहूदाका शहर ध्वंस पार्नेछु र यसलाई कोही नबस्ने निर्जन मरूभूमिमा परिणत गरिदिनेछु।”‘