Jeremiah 34:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँ भाग्‍न पाउनेछैनस्, तँ पक्राउ पर्नेछस् र त्‍यसका हातमा पर्नेछस्। तैँले त्‍योसित आमने-सामने कुरा गर्नेछस्। त्‍यसपछि तँ बेबिलोनमा जानेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको हातबाट तँ उम्‍कन पाउनेछैनस्, तर तँ निश्‍चय नै पक्राउ परेर त्‍यसको हातमा सुम्‍पिइनेछस्‌। तैंले बेबिलोनको राजालाई आफ्‍नै आँखाले देख्‍नेछस्‌ र तँ त्‍यससँग मुखामुख बोल्‍नेछस्, र तँ बेबिलोनमा जानेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ त्यसको हातबाट उम्कनेछैनस्। तँ निश्‍चय नै पक्राउ परेर त्यसको हातमा सुम्पिनेछस्। तैँले बेबिलोनको राजालाई आफ्नै आँखाले देख्नेछस्; अनि त्यसले तँसँग आमने-सामने कुरा गर्नेछ, र तँ बेबिलोनमा जानेछस्।
Nepali ERV (पवित्र बाइबल)
सिदकियाह बाबेलका राजा देखि तिमी उम्कने छैनौ। तिमीलाई निसन्देह पक्रिने छ र उसलाई सुम्पने छ। तिमीले आफ्नै आँखाहरूले बाबेलका राजालाई देख्नेछौ आमने सामने कुरा गर्नेछौ। तब तिमीलाई बाबेलमा लैजानेछन्।