Jeremiah 35:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योनादाबका छोरा, नातिहरूले दाखमद्य नपिउनू भन्‍ने उसको आज्ञा मानिआएका छन् र आजसम्‍म तिनीहरू कसैले त्‍यो पिउँदैनन्। तर म भने तिमीहरूसित बोलिरहेकै छु तापनि तिमीहरू मेरा आज्ञापालन नगरी बस्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रेकाबको छोरो योनादाबले आफ्‍ना सन्‍तानलाई ‘तिमीहरूले दाखमद्य नखानू’ भनेर दिएको आज्ञा तिनीहरूले मान्‍दैआएका छन्‌। तिनीहरू आजसम्‍म दाखमद्य खाँदैनन्, किनभने तिनीहरूले आफ्‍ना पुर्खाको आज्ञा पालन गरेका छन्‌। तर मैले तिमीहरूलाई घरीघरी भन्‍दैआएँ, तापनि तिमीहरूले मेरो कुरा मानेका छैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘रेकाबको छोरा योनादाबले आफ्ना छोराहरूलाई दाखमद्य नपिउनू भनी आदेश दियो, र तिनीहरूले त्यस आज्ञालाई पालन गरेका छन्। आजको दिनसम्म तिनीहरू दाखमद्य पिउँदैनन्; किनकि तिनीहरूले आफ्ना पुर्खाको आज्ञापालन गर्छन्। तर मैले तिमीहरूलाई बारम्बार भन्दै आएको छु, तापनि तिमीहरूले मेरा आज्ञापालन गरेका छैनौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “रेकाबको छोरो योनादाबले आफ्ना छोराहरूलाई दाखरस नखानु भनेर आदेश गरे अनि त्यो आदेश पालन गरियो। आज पर्यन्त योनादाबका सन्तानहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गरे। तिनीहरू दाखरस पिउँदैनन्। तर मैले तिमीहरूलाई एकोहोरो भनिरहेकोछु तर तिमीहरूले मेरो आज्ञाहरू पालन गरेका छैनौ।