Jeremiah 35:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले तिमी यहूदा र यरूशलेमका मानिसहरूमाथि मैले प्रतिज्ञा गरेका सबै विनाश ल्याउनेछु किनभने म बोल्दा तिमीहरूले कान थापेनौ र मैले बोलाउँदा तिमीहरूले जवाफ पनि दिएनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेमका सबै बासिन्दाहरूमाथि मैले उच्चारण गरेको हरेक सर्वनाश तिनीहरूमाथि ल्याउनेछु। मैले तिनीहरूलाई भनें, तर तिनीहरूले ध्यानसित सुनेनन्। मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेममा बस्ने सबैमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको सबै विपत्ति ल्याउँदैछु। मैले तिनीहरूसँग बोलेँ, तर तिनीहरूले ध्यानसँग सुनेनन्; मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफ पनि दिएनन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ “मैले यहूदा र यरूशलेमका बासिन्दाहरूकहाँ सबै संकटहरू ल्याउदैछु जुन अघि मैले चेताउनी दिएको थिएँ। म ती मानिसहरूसँग बोलें, अनि तिनीहरूले मेरो कुरा सुन्न अस्वीकार गरे। मैले तिनीहरूलाई डाके तर तिनीहरूले जवाफ दिएनन्।”