Jeremiah 35:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले रेकाबी कुलका सबै मानिसहरूलाई सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरका यी वचन सुनाएँ, “आफ्‍ना पुर्खा योनादाबले दिएका आज्ञा तिमीहरूले पालन गरेका छौ। तिमीहरूले त्‍यसका सबै शिक्षाहरू मानेका छौ र सबै काम त्‍यसका आज्ञाअनुसार गरेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले आफ्‍ना पुर्खा योनादाबको आज्ञा पालन गर्दै, र तिनका सबै शिक्षाहरू मान्‍दै, र तिनले तिमीहरूलाई दिएका सबै आदेश मान्‍दैआएका छौ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले आफ्ना पुर्खा योनादाबको आज्ञापालन गरेका छौ र उसका सबै निर्देशनअनुसार चलेका छौ; अनि उसले आज्ञा गरेका सबै कुरा गरेका छौ।’
Nepali ERV (पवित्र बाइबल)
तब यर्मियाले रेकाबी मानिसहरूलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूले आफ्ना पिता-पुर्खाहरूका आज्ञा पालन गर्यौ। तिमीहरूले योनादाबको उपदेशहरू अनुसरण गर्यौ। उनले जो आदेश दिएका थिए त्यो तिमीहरूले पालन गर्यौ।