Jeremiah 35:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“रेकाबीहरूका घरानाकहाँ गएर कुरा गर्‌। तिनीहरूलाई मन्‍दिरको एउटा कोठामा निम्‍त्‍याएर केही दाखमद्य पिउन दे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“रेकाबीका परिवारकहाँ गएर तिनीहरूलाई परमप्रभुको घरका छेउका कोठाहरूमध्‍ये एउटामा निम्‍तो दिएर दाखमद्य खुवा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“रेकाबी परिवारकहाँ गएर तिनीहरूलाई याहवेहको भवनको एक छेउको कोठामा आउने निमन्त्रणा दे, र तिनीहरूलाई दाखमद्य पिउन दे।”
Nepali ERV (पवित्र बाइबल)
“यर्मिया, रेकाबीहरूका परिवारकहाँ जाऊ। परमप्रभुको मन्दिरको एउटा छेउको कोठामा तिनीहरूलाई निम्त्याऊ। अनि तिनीहरूलाई दाखरस खुवाऊ।”