Jeremiah 35:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउँदैनौं। हाम्रा पुर्खा रेकाबीका छोरा योनादाबले हामी र हाम्रा छोरा-नातिहरूलाई दाखमद्य पिउन मनाही गरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउनेछैनौं। किनभने रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई यस्तो आज्ञा गरेका थिए: ‘तिमीहरूले र तिमीहरूका सन्तानले कहिल्यै दाखमद्य नपिओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउदैनौँ; किनकि रेकाबका छोरा, हाम्रा पुर्खा योनादाबले हामीलाई यो आज्ञा दिएका थिए: ‘तिमीहरू र तिमीहरूका सन्तान कसैले पनि कहिल्यै दाखमद्य नपिउनू।
Nepali ERV (पवित्र बाइबल)
तब रेकाबी मानिसहरूले जवाफ दिए, “हामी कहिले पनि दाखरस पिउने छैनौ किनभने हाम्रा पिता-पुर्खा रेकाबको छोरो योनादाबले, हामीलाई यस्तो आज्ञा दिए ‘तिमीहरू र तिमीहरूका सन्तानहरूले कहिल्यै दाखरस पिउनु हुँदैन।