Jeremiah 36:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनी राजदरबारमा दरबारिया सचिवको कोठामा गए। त्यहाँ सबै राज-भारदारहरू सभामा बसेका थिए। दरबारिया सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह, हनन्याहका छोरा सिदकियाह र अरू सबै भारदारहरू त्यहीं थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी तल झरेर राजाको महलमा सचिवको कोठाभित्र पसे। त्यहाँ यी सबै अधिकारीहरू— सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह र हनन्याहका छोरा सिदकियाह बसिरहेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी राजमहलमा भएको सचिवको कोठामा गए, जहाँ सबै अधिकारीहरू, अर्थात् सचिव एलिशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह, हनन्याहका छोरा सिदकियाह, र अरू सबै अधिकारी बसिरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब मीकायाहले बेहेरूवाबाट परमप्रभुका सन्देश सुने, उनी राज महलको सचिवको कोठामा गए। सम्पूर्ण शाही अधिकारीहरू त्यहाँ राजाको दरबारमा बसिरहेका थिए। ती अधिकारीहरू हुन् सचिव एलीशामा, शमायाहको छोरो दलायाह, अकबोरको छोरो एलनातान, शापानको छोरो गमर्याह, हनन्याहको छोरो सिदकियाह अनि अन्य अधिकारीहरू पनि त्यहाँ थिए।