Jeremiah 36:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राज-भारदारहरूले बारूकलाई तिनले मानिसहरूलाई पढेर सुनाएका कागजको मुट्ठो लिएर उनीहरूकहाँ आओस् भनी खबर गर्न यहूदीलाई पठाए। (यहूदीचाहिँ नतन्याहका छोरा शेलेम्याहको नाति र कूशीका पनाति थिए।) बारूक कागजको मुट्ठो लिई आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अधिकारीहरू सबै मिलेर नतन्याहका छोरा, शेलेम्याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ यो समाचार भनी पठाए, “मानिसहरूलाई पढ़ेर सुनाएको पत्रको मुट्ठो लिएर यहाँ आऊ।” यसैले नेरियाहका छोरा बारूक त्यो लिएर तिनीहरूकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सबै अधिकारीले कूशीका पनाति, शेलेम्याहका नाति, नतन्याहका छोरा येहूदीलाई बारूककहाँ यसो भन्नलाई पठाए, “तिमीले जुन चर्मपत्रबाट मानिसहरूलाई पढेर सुनायौ, त्यही चर्मपत्र लिएर आऊ।” यसकारण नेरियाहका छोरा बारूकले आफ्नो हातमा चर्मपत्र लिएर तिनीहरूकहाँ गए।
Nepali ERV (पवित्र बाइबल)
तब सबै अधिकारीहरूले नतन्याहको छोरो शेलेम्याहको नाती अनि कूशीको पनाति यहूदीलाई बारूककहाँ पठाए। यहूदीले बारूकलाई भने, “तिमीले जुन बेहेरूवा मानिसहरू समक्षपढयौ त्यो लिएर मसित आऊ।” नेरियाहको छोरो बारूकले बेहेरूवा लिए अनि तिनीहरूकहाँ गए।