Jeremiah 36:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बारूकले जवाफ दिए, “एक-एक शब्‍द यर्मियाले भनेका हुन् र मैले यो कागजको मुट्ठोमा मसीले लेखेको हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बारूकले तिनीहरूलाई जवाफ दिए, “उहाँले नै मलाई यी सबै कुरा लेखाउनुभयो, र मैले चाहिँ यो पत्रको मुट्ठोमा मसीले लेखें।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बारूकले जवाफ दिए, “हजुर, उहाँले नै यी सबै वचनहरू मलाई भन्‍नुभएको हो; अनि मैले ती वचनहरू यस चर्मपत्रमा मसीले लेखेँ।”
Nepali ERV (पवित्र बाइबल)
“हजूर”, बारूकले जवाफ दिए। “यर्मियाले भन्यो, अनि मैले सारा सन्देशहरू बेहेरूवामा मसीले लेखें।”